पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराका अरुण गिरीलाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।
राप्रपा कार्ययोजनाअनुसार ४० वर्ष मुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो । यस अघि गिरी जिल्ला प्रवत्ताको जिम्मेवारीमा थिए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो । जसमा १० जना पुरुष र १० जना महिला छन् ।

पुरुषतर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ र शमीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र र युके प्रवासका डेभिड थापा राप्रपाको केन्द्रीय सदस्य बनेका छन् ।
महिलातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४ काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि केन्द्रीय सदस्यमा छनोट भएका छन् ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर