काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् ।
ठगी र जबर्जस्ती करणी सम्बन्धी मुद्दामा फरार रहेका उनीहरूलाई दुबईबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की पनि पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये भुपेन्द्र बोहरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इन्टरपोल महासचिवालयले १६ जेठ २०७९ मा रेड नोटिस जारी भएको थियो ।
यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २४ साउन २०७९ मा कबिर बुढाथोकी र १२ असार २०८१ मा रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह