स्वास्थ्य कार्यालय स्याङ्जा स्वास्थ्य सेवा प्रवाहमा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०/८१ को प्रदेश स्तरीय वार्षिक समीक्षामा स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेश अन्तर्गतका कार्यालयहरु मध्येबाट स्वास्थ्य कार्यालय, स्याङ्जा सर्वोत्कृष्ट भएको हो ।
स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा एघार जिल्लामध्ये स्याङ्जा ८३.२ अङ्क प्राप्त गर्दै प्रदेशकै सर्वोत्कृष्ट बनेको हो ।
स्वास्थ्य सूचकहरुको मूल्याङ्कनको आधारमा बागलुङले ८१.५ अङ्कसहित दोस्रो र कास्की ७५.० अङ्क लिएर तृतीय स्थान हासिल गरेको हो ।
यसैगरी, पर्वतले ७४.७ अङ्क, लमजुङले ७४.२, म्याग्दीले ७०.७, तनहुँले ७०.५, नवलपरासी (सुस्ता बर्दघाट पूर्व)ले ६९.७, गोरखाले ६७.८, मनाङले ६४.६ र मुस्ताङले ६०.२ अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
यसैबीच, अस्पतालहरू मध्ये पनि स्याङ्जा जिल्ला अस्पताल सर्वोत्कृष्ट भएको छ । अघिल्लो आर्थिक वर्ष चौथो रहेको यस अस्पताल कार्यमूल्यांकनका आधारमा अहिले पहिलो नम्बरमा पर्न सफल भएको हो ।

जिल्ला अस्पताल स्याङ्जा ६८.३ अङ्क प्राप्त गर्दै प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको हो । जिल्ला अस्पताल पर्वतले ५९.५ अङ्कसहित दोस्रो र लमजुङ अस्पताल लमजुङले ५८.७ अङ्क लिएर तृतीय स्थान हासिल गरेको हो ।
अघिल्लो पटक प्रथम जिल्ला अस्पताल गोरखाले ५७.५, दमौली अस्पताल तनहुँले ५७.१, धौलागिरी अस्पताल बाग्लुङले ५६.४, मातृशिशु मितेरी अस्पताल कास्कीले ५४.१, जिल्ला अस्पताल म्यादीले ५३.२, मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी (सुस्ता बर्दघाट पुर्व)ले ५२.४, जिल्ला अस्पताल मनाङले ५०.२ र जिल्ला अस्पताल मुस्ताङले ४६.२ अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनमा आ. व. २०८०/८१ मा प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा प्रदेशकै उत्कृष्ट स्वास्थ्य कार्यालय स्याङ्जालाई आगामी दिनमा थप जनस्वास्थ्य सुधारका कार्यहरु एवं जनअपेक्षा अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न विश्वास सहित स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका मन्त्री कृष्ण प्रसाद पाठक र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माद्वारा हस्ताक्षरित प्रमाणपत्रले सम्मान गरिएको हो ।

त्यसैगरी, स्थानीय तहतर्फ नवलपुरको बुलिङ्टार नगरपालिकाले प्रथम, बागलुङको बढीगाड गाउँपालिकले दोस्रो र स्याङ्जाको पुतलीबजार नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन् ।
सम्बन्धित समाचारः
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो