पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाको अरबौं रकम अपचलन गरी शहर शहरमा घर, बंगला र जग्गा जोडेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार रहेकामा भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
उनी २०८० जेठ देखि फरार भएका थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीबिरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । नेपालीलाई आज शुक्रबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको पनि प्रहरीको भनाई छ । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरेको आरोप लागेपछि नेपाली जेठ ५ गतेदेखि फरार रहेका थिए ।
उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा छ ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी कृत्रिम कर्जा खडा गरी मोटो रकम उठाएर हिनामिना गरेको उल्लेख छ ।
नेपालीले बेलाबेलामा सामाजिक संजालमा आएर भौतिक सम्पत्ती बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आएका थिए । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो