पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् ।
पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रवर्द्ध न गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।
पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिङ ४२ मिनेट ४२ सेकेण्डमा पूरा गरी तेस्रो भए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो । महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरेकी हुन् ।
यु १६ प्रतिष्पर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियार प्रथम भए । उनले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेका हुन् । विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

उनीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, विश्व शान्ति स्तुप समिति अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, शान्ति स्तुप समितिका सदस्य दुर्गाबहादुर गुरुङ, बुद्ध पार्क समिति अध्यक्ष राज गुरुङ (लाल), शुक्रराज माविका प्रचार्य नरनाथ बराल, कालावाङ होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए । प्रतियोगिता सफल पार्न सिंगो पुम्दीभुम्दीवासीले टोल तथा चोकचोकमा फूलमाला तथा गुच्छा एवं पानीले स्वागत गरेका थिए ।
सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरियो ।
दौडमार्फत पुम्दीभुम्दीको थप प्रवर्द्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । आफ्नो गाउँठाउँको खेल पर्यटन प्रबद्र्धन उक्त कार्यक्रम कोषेढुंगा सावित हुने उनले जनाए ।

पूर्व अर्थ मन्त्री बरालले पोखरा २२, पर्यटन र खेलकुदको अथाह सम्भावना भएकोले यस्ता खेलकुदका गतिविधिले खेल पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । पोखरा २२ का अध्यक्ष बरालले उक्त कार्यक्रम आगामी दिनमा परिस्कृत पार्न सहयोग गर्ने बताए ।
प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रतियोगिताका टेक्निकल डाइरेक्टर ओम लामाले धन्यवाद दिए ।
अनलाइन फारम भर्ने ३ देशका १ सय ४ जना मध्य शनिबारको पर्वतीय दौडमा भने ७९ जनाले मात्र सहभागि जनाएको प्रालिका व्यबस्थापक सागर सुनारले जनाए ।

दौडमा नर्वेका २ महिला सहित ७९ जना, प्रतियोगितामा ९ बर्ष देखि ५५ बर्ष उमेर समूहका धावकहरु सहभागी भएको पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।
प्रतियोगितामा ज्येष्ठ धावक ५५ वर्षका शिवराज बस्ताकोटी शिवदाइलाई मेडल प्रदान गरियो । कार्यक्रम संचालन संचारकर्मी दीपेन्द्र पहारीले गरे ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन रहेको कार्यक्रममा पोखरा २२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद् लगायतको सहयोग थियो ।

सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’