धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ। लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ती शवहरू निकालिएको हो।
बुटवलबाट काठमाडौं जाँदै गरेको उक्त माइक्रो शुक्रबार बिहान बुटवलबाट छुटेको थियो। गाडी शुक्रबारै राती पहिरोमा पुरिएको थियो।
पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलका टिकट शाखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार उक्त गाडी रमेश लुइँटेलले चलाएर लगेका थिए।
१४ शवहरू एक जना बालक, ५ महिला र ८ जना पुरुषहरूका रहेका छन् । हालसम्म चालक रमेश लुइँटेल, बुटवल १६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको प्रहरीले जनाएको छ।
अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए।
‘भीषण पहिरो झरेको छ । कति गाडी पुरिए भन्ने नै यकिन छैन । ठूलो मात्रामा मानवीय क्षति भएको अनुमान छ,’ घटनास्थलमा रहेका आशिष थापाले भने, ‘यतिबेलासम्म १४ वटा शव निकालिएको छ । अरु शवहरू पनि देखिएको छ निकाल्न सकिएको छैन । ’

देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबीसे–नागढुंगा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ।
अहिले पहिरो पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन खण्ड क्षतविक्षत छ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चारजना घाइते
भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो