स्याङ्जाको आँधीखोला गाउँपालिका -२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
शुक्रबार बिहान १० बजे शिरुबारी देखी पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्क स्थित भित्री सडकखण्डमा ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा परी जिपमा सवार चालकसहित ८ जना मध्ये घाइते भएका सात जनालाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा पठाइएको डिएसपी पौडेलले बताए ।
घाइतेको विवरण :
१) स्याङ्जा आँधीखोला गा.पा.५ का ५० वर्षीय आत्मराम सिग्देल, देब्रे हातमा सामान्य चोट, अवस्था सामान्य ।
२) स्याङ्जा आँधीखोला गा.पा.५ कि ८४ वर्षीय कलावती घिमिरे, देब्रे हातमा र अनुहारमा सामान्य चोट, अवस्था सामान्य ।
३) स्याङ्जा आँधीखोला गा.पा.५ कि ३२ वर्षीय सिर्जना चापागाईं, शरिरमा भित्री चोट, अवस्था सामान्य ।
४) कास्की पोखरा महानगरपालिका छोरेपाटन कि १६ वर्षीय अमना नेपाली, देब्रे हात र दुवै खुट्टामा चोट, अवस्था सामान्य ।
५) स्याङ्जा अर्जुनचौपारी गा.पा.५ कि ५८ वर्षीय शान्ति कुमारी सापकोटा, भित्री चोट, अवस्था सामान्य ।
६) स्याङ्जा अर्जुनचौपारी गा.पा.५ का ६१ वर्षीय शिव सिग्देल, शरिरमा भित्री चोट, अवस्था सामान्य ।
७) कास्की पोखरा महानगरपालिका ११ कि मनिषा नेपाली, सकुशल र निजकी ३ वर्षीय छोरी सोफीया नेपाली भित्री चोट, अवस्था सामान्य ।
सम्बन्धित खबर
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस