डडेल्धुरा । मंगलबार राति १२ बजेतिर डडेल्धुरामा बस दुर्घटना भयो । महेन्द्रनगरबाट बैतडीको हाटपचौडीका लागि छुटेको बस अमरगढी नगरपालिका- ७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका चारजनासहित पाँचको मृत्यु भएको छ । शिशुसहित उनका आमा- बुबा र बज्यैको घटनास्थलमा ज्यान गयो ।
बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा दुई दिनको शिशुसहित श्रीमान र आमासँगै खुसी भएर पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बसमा गाउँ फर्किदै थिइन् । डडेल्धुराको भात्काडा आसपासको बजारमा खाना खाएर उक्त बस गन्तव्यका लागि हिँडेको थियो । २० वर्षीया कमला र उनका २२ वर्षीय श्रीमान सहदेव बोहरा पनि खुसीयालीसहित नवजात शिशु लिएर गाउँ फर्किदै थिए । उनीहरूसँगै ४५ वर्षीय आमा जैमती बोहरा पनि सँगैको सिटमा हर्षित मुद्रामा रहेको उक्त बसदुर्घटनामा परी घाइते भएकी विमला महताले बताइन् ।
कमला २४ असोजमा सुरक्षित डेलिभरीका लागि कैलालीको धनगढी गएकी थिइन् । साथमा उनका श्रीमान् र गर्भवती छोरीको स्याहार गर्न आमा जैमती पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्म दिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर, उनीहरूको खुसी ४८ घण्टा पनि टिक्न पाएन ।
छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारैजनाको एकै चिहान भयो। अर्की मृतक पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले बसभित्र च्यापिएर रहेको अवस्थामा निकालेको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । बसमा १७ जना सवार थिए।
चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ । बसमा १७ जना सवार थिए । दुईजना बेपत्ता भएको बताइएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।
तस्वीरः अन्नपूर्ण पोष्ट
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान