काठमाडौँ । प्रतिपक्षी दलको बैठकले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकले ठूला घोटला गर्नेहरू सरकारमै रहेकोले कारबाही त्यहीँबाट सुरु गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।
‘सहकारीभन्दा ठूला प्रकरणमा मुछिएकालाई जोगाएर अन्यलाई जबर्जस्ती फसाउन खोजिएकोले प्रतिवाद गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी ती नेताकाले भने, ‘सहकारी प्रकरणभन्दा ठूलो घोटलाहरू गिरीबन्धू टी स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू सरकारमा छन्। नीहरूदेखि कारबाही सुरु हुनुपर्यो।’
त्यस्तै बैठकमा माओवादी अध्यक्ष दाहालले सरकारमा रहेका दलहरू प्रतिपक्षी दललाई अध्यादेशमार्फत फुटाउन सक्रिए भएको सूचना पाएको बताएका थिए।
बैठकमा प्रचण्डले पनि रास्वपाका सभापति लामिछानेलाई पक्राउको तयारी भएको सूचना पाएको जानकारी गराएका थिए। लामिछाने सहकारी प्रकरणमा मुछिएका छन्। सरकारले यसअघि पनि उनलाई पक्राउको तयारी भएको बताउँदै आए पनि उनी पक्राउ परेका छैनन्।
गोरखा मिडियाका सञ्चालकमध्ये छवि जोशी दसैँअघि नै पक्राउ परिसकेका छन्। लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन पक्राउको तयारी भएको बुझिएको छ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो