पुतलीबजार र विरुवाले स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ लिगमा विजयी सुरुवात गरेको छन् । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहेको छ ।
स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुतलीबजारले वालिङ्लाई २-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पुतलीबजारले वालिङ्माथी २२-२५, २५-२३ र २५-१५ को अङकले जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच पुतलीबजारका सन्जु विक्रम शाह बनेका थिए ।
त्यस्तै, दोस्रो खेलमा विरुवाले अर्जुनचौपारीलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
विरुवाले अर्जुनचौपारीमाथी २५-१९ र २५-१८ को अङकले सहज जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच विरुवाका संजोग परियार बनेका थिए ।
कार्तिक ५ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने रेफ्री संयोजक चित्र गुरुङले बताए ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ