काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् ।
काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ ।
लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पार्टी कार्यालयमा पुगेको छ। सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो।
शुक्रबारमात्रै जिल्ला अदालत कास्कीबाट प्रहरीले लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो।
कास्की प्रहरीले जिल्ला अदालतबाट रविलाई पक्राउ गर्न अनुमति पाएलगत्तै देशभरका ठूला अपराधको अनुसन्धान गर्ने प्रहरीको युनिट सीआईबी सक्रिय बनेको हो।
पार्टी कार्यालयबाट पक्राउ गरिँदै, स्थलमार्गबाट कास्की ल्याउने तयारी
सीआइबीका एसपी हविन्द्र बोगटीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेका छन् ।
पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् । यसमा प्रहरी पनि तयार रहेको स्रोतले बतायो ।
रविलाई कास्की लैजाने क्रममा रास्वपाका नेता कार्यकर्ताहरु पनि सँगसँगै जाने तयारी गरिएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु