स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ लिगमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा प्रवेश गर्न कालीगण्डकी र विरुवा गाउँपालिका, पुतलीबजार र भीरकोट नगरपालिका सफल भएका छन् ।
पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहेकोमा लिगको पहिलो चरणबाटै वालिङ् नगरपालिका, हरिनास गाउँपालिका र आँधीखोला गाउँपालिका बाहिरिएका थिए । गल्याङ र चापाकोट नगरपालिका, फेदीखोला र अर्जुनचौपारी गाउँपालिका भने क्वाटर फाइनलबाट बाहिरिएका हुन् ।
स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिताको सुरु भएको थियो भने प्रतियोगिता कार्तिक ५ गतेसम्म चल्नेछ ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर