काठमाडौँ । मुक्त कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छन्।
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी चौधरीले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी हुन्।
नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई उक्त अवार्डबाट अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरेका हुन्।
चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अन्तर्राष्ट्रिय अवार्ड पाएका हुन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।
यो अवार्ड गत वर्ष नेपालकै सरस्वती नेपालीले पाएकी थिइन्। सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा सीमान्तीकृत जाति, अपांगता भएका व्यक्ति र गरीबहरूको मानव अधिकारका लागि काम गरे बापत उनलाई अवार्ड दिइएको थियो।
अमेरिकी सरकारले सन् २०२३ मा स्थापना गरेको यो अवार्ड विश्वव्यापी रूपमा नागरिक समाजका व्यक्तिहरूलाई उनीहरूले गरेको उदाहरणीय र साहसिक कार्यका लागि दिइन्छ।
बाल्यकालमा आफैं कमलरी रहेकी चौधरीलाई कमलरी प्रथा उन्मूलन, जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै यो अवार्ड दिइएको हो।
अहिलेसम्म उनले ६ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन्। संयुक्त राष्ट्र संघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्स अवार्ड पनि उनले पाएकी छन्।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह