पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५–२७ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पोखरामा दुई दिनसम्म चलेको प्रथम विधान अधिवेशनमा उक्त मितिमा काठमाडौंमा महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो । महाधिवेशनले प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरेको छ ।
यसैगरी, विधान अधिवेशनले पार्टीको नाम र झण्डासमेत परिवर्तन गर्ने निर्णय पारित गरेको छ । अब पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ र संक्षिप्तमा ‘नेसपा नयाँ शक्ति’ भएको छ ।
अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति, १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन् । निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् ।
सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । त्यस्तै, सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ ।
विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएकोमा ७ लाख ५० हजार आय र ९ लाख ७७ हजार रुपैयाँ व्यय रहेको जनाइएको छ ।
पोखरा सभागृहमा चलेको पार्टीको प्रथम विधान अधिवेशनमा देशरभका ७१ जिल्ला र विदेश (६ देश) बाट करिब ५ सय प्रतिनिधिले भाग लिएका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु