पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शीतलता दिएकाले लोकप्रिय भएको बताए । उनले ३३ वर्ष सामुदायिक शिक्षामा निरन्तरता दिएको क्याम्पस अकबरी सुनजस्तै मूल्यवान् भएकाले आवश्यक परेको खण्डमा क्याम्पसलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाए ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरन्द्रनारायाण विजुक्छेले क्याम्पसलाई मानीत विश्वविद्यालय उन्मुख बनाउन नीतिगत, भौतिक र शैक्षिक सुधार गरेको जनाए ।

सभामा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन, आव २०८१/०८२ को प्रस्तावित बजेट कोषाध्यक्ष गणेशबहादुर अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन साधारणसभामा छलफलपछि पारित भएको छ ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्रस्तुत गरेको २०८०/०८१ वार्षिक प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदित भयो ।
सभामा संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, पूर्व कावा अध्यक्ष परशुराम बराल, सल्लाहकार डा. वीरबहादुर कार्की, सिनेटर शोभाकान्त न्यौपाने, बसन्त चालिसेलगायतले क्याम्पसलाई राजनीतिक रङ्गमञ्चभन्दा पर राखी दक्ष र श्रमबजारलाई चाहिने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा सिर्जना विकास केन्द्रका अध्यक्ष एवं क्याम्पस व्यवस्थापन समिति सदस्य विष्णुप्रसाद बरालले संचालन र उपाध्यक्ष ध्रुवराज चालिसेले धन्यवाद मन्तव्य व्यक्त गरे ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला