अर्घाखाँची । अर्घाखाँचीको देउसी भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन्।
भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा बेलुका अन्दाजी ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबांगकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारको क्रममा २२ वर्षीया तारा श्रेष्ठको मृत्यु भएको प्रहरीको भनाइ छ ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकोमा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा अर्की २२ वर्षीय महिला तारा श्रेष्ठको मृत्युु भएको प्रहरी हो। घाइतेहरू मध्य १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। एक जना भने उपचार पश्चात डिस्चार्ज भएका छन् ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही घटनामा एउटा बोलेरो गाडी, एकवटा ट्याक्सी र एक वटा मोटरसाइकललाई ठक्कर दिँदा ३ वटैमा क्षति भएको छ। उक्त बस प्रहरी चौकी खिल्जीको नियन्त्रणमा रहेको छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’