अर्घाखाँची । अर्घाखाँचीको देउसी भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन्।
भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा बेलुका अन्दाजी ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबांगकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारको क्रममा २२ वर्षीया तारा श्रेष्ठको मृत्यु भएको प्रहरीको भनाइ छ ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकोमा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा अर्की २२ वर्षीय महिला तारा श्रेष्ठको मृत्युु भएको प्रहरी हो। घाइतेहरू मध्य १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। एक जना भने उपचार पश्चात डिस्चार्ज भएका छन् ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही घटनामा एउटा बोलेरो गाडी, एकवटा ट्याक्सी र एक वटा मोटरसाइकललाई ठक्कर दिँदा ३ वटैमा क्षति भएको छ। उक्त बस प्रहरी चौकी खिल्जीको नियन्त्रणमा रहेको छ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ