गण्डकी प्रदेश, स्वास्थ्यमन्त्रालयले स्वास्थ्य सुधारका लागि अघि बढाएको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाको विषयमा स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरी साथ सहयोगका लागि भेटेरै अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यमन्त्री पाठकले गण्डकीको स्वास्थ्य क्षेत्र सुधारमा आफूले एक सय नीति बनाएर अघि बढेको बताउदै कार्यान्वयनका लागि संघ सरकारको सहयोग समेत अवाश्यक रहेको उल्लेख गरे ।
स्वास्थमन्त्रीले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती र संभावनाहरुको साथै गण्डकीले अघि सारेको स्वास्थ्य सुधारका एक सय अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाहरु समेत जानकारी गराएका छन् ।
जसमध्ये दीर्घकालिन र मध्यकालिन नीतिमा संघ सरकारको सहयोग आवश्यक रहेको प्रधानमन्त्री समक्ष स्वास्थ्यमन्त्रीले जानकारी गराएको बुझिन्छ ।
तत्काल गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा गर्नेपर्ने महत्वपुर्ण काम प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय संग बजेटको अभाव भएका कारण प्रदेश सरकारले मात्र गर्न नसक्ने बिषयहरु बुँदागत रुपमा प्रधानमन्त्रीज्यु संग प्रस्तुत गरिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले गण्डकीको स्वास्थ्य क्षेत्रको विकासमा चासो दिएको स्वास्थ्यमन्त्री पाठकले खुलाएका छन् ।
ओलीले नीतिमा रहेर काम गर्न आग्रह गर्दै र संघीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिलाएको पाठकले बताए । १२ बुँदामा रहेको अत्यावश्यक कार्यक्रम र नीतिका लागि संघीय सरकारसंग अपेक्षा राखिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।
यस्ता छन् माग गरिएका १२ बुँदा

सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर