स्याङ्जाको फेदीखोला साहित्य प्रतिष्ठानले फेदीखोला साहित्यिक पत्रिका (त्रैमासिक) पहिलो अङ्कको लोकार्पण गरेको छ ।
बहुप्रतिभाशाली व्यक्ति स्वर्गीय चेतन कार्कीको ८६ औं जन्मजयन्तीमा फेदीखोला गाउँपालिका -१ सिद्धार्थ माविको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि पत्रिका लोकार्पण गरिएको हो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोला साहित्यिक पत्रिकाको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा साहित्यकार चिन्तु गिरि, सुरज उपाध्याय, हुमनाथ शर्मा, लाल कार्की (अन्जान), कमला बराल, सीता सुवेदी, रोशन रेग्मी, थम नारायण शर्मा, बहादुर सिं गुरुङ, हिमालयजङ्ग बानियाँ, काजी कार्की (आशिष)लगायतले कविता तथा लेख रचना प्रस्तुत गरेका थिए ।
फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाँले पहिलोपटक प्रकाशन गरिएको पुस्तकमा ४९ वट कथा, कविता, गजल, मुक्तक र गीत रहेको जानकारी दिए ।
५० वर्ष चलचित्र निर्देशन, लेखन, संवाद, पटकथा, प्राविधिक सल्लाहकार रहेका स्वर्गीय कार्कीको सम्मान स्वरूप फेदीखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम हाम्रो फेदीखोला पाठ्यपुस्तकको कक्षा -६ मा जीवनी राखेको छ ।
कार्कीले ‘परिवर्तन’, ‘भुमरी’, ‘विश्वास’, ‘पहिलो प्रेम’ लगायतका चलचित्र निर्देशन गरेका थिए भने ‘कान्छी है कान्छी’, ‘तिजको लहर आयो बरिलै’, ‘मायापिरतीको चोखो कथा’ जस्ता गीत पनि लेखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु