स्याङ्जाको वालिङमा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने भएको छ ।
दुर्गाखिमा फाउन्डेसन र भेषराज साहित्य प्रतिष्ठान वालिङ्को संयुक्त आयोजनामा यही कार्तिक २६ र २७ गते दुईदिने कार्यक्रम हुन लागेको हो । कार्यक्रमको पहिलो दिन वक्तृत्वकला प्रतियोगिता र दोस्रो दिन साहित्यिक कार्यक्रम हुनेछ ।
दुर्गाखिमा फाउन्डेसनले ‘बढ्दो वैदेशिक आकर्षण: कारण र समाधान’ विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको हो । जिल्लाभरका माध्यमिक विद्यालयको सिफारिस पत्रका साथ कक्षा १२ सम्म पढ्ने विद्यार्थीहरुविच प्रतियोगिता गराइने फाउन्डेसनका अध्यक्ष गोपाल (बेनिमाधव) कँडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रमाणपत्रसहित प्रथम हुनेलाई नगद २५ हजार रुपियाँ, द्वितीय हुनेलाई नगद १५ हजार रुपियाँ, तृतीय हुनेलाई नगद सात हजार पाँच सय रुपियाँ र सान्त्वना हुने दुई जनालाई नगद पाँच हजार रुपियाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ ।
त्यस्तै, दोस्रो दिन २७ गते हरिबोधिनी एकादशीको अवसर पारी वालिङ्को त्रियासीबाट बसयात्रा सुरु भई धार्मिक साहित्यिक यात्रा कालीगण्डकी उत्तरवाहिनीधाम मालुङ्गा पुगेर त्यहाँ सञ्चालन भइरहेको महायज्ञमा सहभागी भएपछि साहित्यिक कार्यक्रम सुरु गरिने भेषराज साहित्य प्रतिष्ठान वालिङ्का अध्यक्ष यमकान्त खनालले जानकारी दिए ।
साहित्यिक कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचनावाचनको ७८ औं शृङ्खला अन्तर्गत स्रष्टा एवं प्रस्तोताद्वारा रचनाहरु वाचन, प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्दै आएको भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मान गरिनेछ ।
परम्परागत समाजमा परिवार चलाउँदै छोराछोरी हुर्काउने, पढाउने गरी छोराछोरीको सेवा आवश्यक रहने उमेर नपुग्दै दिवङ्गत हुनुभएका बाबाआमाको सम्झनामा सन्ततिहरुद्वारा सामाजिक सेवाको पवित्र भावनासहित दुर्गाखिमा फाउन्डेसनको वि.सं. २०७६ मा स्थापना गरिएको थियो ।
फाउन्डेसनले स्थापना कालदेखि नै विभिन्न शिक्षण संस्थाहरुसँग मिलेर जेहन्दार विद्यार्थीहरुलाई प्रेरित गर्न शैक्षिक पुरस्कार दिने र अन्य समय सापेक्ष सेवामा फाउन्डेसनलाई प्रस्तुत गर्दै आइरहेको छ ।
यसैगरी, वालिङ्लाई कार्यक्षेत्र बनाएर सिङ्गो जीवन शिक्षणसेवा संगै साहित्य सेवामा बिताएका साहित्य साधक भेषजराज शर्माको साहित्यिक योगदानलाई सामाजिक हितमा लगाउन उनका अनुयायी विद्यार्थी र शुभचिन्तकहरुले वि.सं. २०६३ मा भेषजराज साहित्य प्रतिष्ठान स्थापना गरेका थिए ।
प्रतिष्ठानले स्थापना भएदेखि नै भेषजराज शर्माले लेखि छाडेका केही कृतिहरुलाई पुस्तकका रुपमा प्रकाशन गर्ने, आफ्नै कोखको सन्तति सुखको अनुभवबाट बञ्चित रहेका जोडीको नामबाट स्थापित भेषजबिन्दु साहित्यिक पुरस्कार, भेषजराज साहित्य सम्मान, भानुजयन्ती, भेषजराज जयन्ती र स्मृति दिवसका अवसरहरुमा कविता प्रतियोगिता, काव्य गोष्ठी र भाषिक गोष्ठीहरु गर्दै आएको छ भने प्रतिष्ठानले नियमित रचनावाचन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ