काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा सडेको अवस्थामा एकै परिवारका तीन जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार भेटिएको शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रारम्भिक जाँचबाट देखिएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।
उनका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र शव भेटिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय १६ कात्तिकदेखि श्रीमान् घरबाट बाहिरै रहेको र फर्किएर आउँदा घरको बाहिरपट्टी नै ताला लागेको देखेपछि आफू बाहिरै बसेको उनले बयान दिएका छन् । प्रहरीका अनुसार, तालाभित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने किमिसको छ ।
घटनास्थलमा पुगेका काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कोठामा बीच भागतिर माकल बालेर आगो तापेको देखिएको छ ।
अहिलेसम्म हेर्दा निसासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा शवको मुचुल्का भइरहेको छ । घटनास्थलमा पुगेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खटिएका चिकित्सकहरुले शव सडिसकेकाले पोष्टमार्टम गर्न समेत कठिनाइ हुनसक्ने बताएका छन् ।
अहिले सीताका श्रीमान् कान्छा प्रहरी नियन्त्रणमा छन् । यद्यपि, अहिलेसम्मको जाँचले घटना भवितव्य जस्तो देखिएको अधिकृतहरुको भनाइ छ । दुवै जनाले एकअर्कासँग दोस्रो विवाह गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले यो घटनामा अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?