काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भनी सामग्री सम्प्रेषण गर्ने नौ युट्युब च्यानल कारबाहीमा परेका छन् ।
प्रेस काउन्सिल नेपालले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै दर्ता भएका र नभएका गरी कूल नौ युट्युब च्यानललाई कारबाही गरेको जानकारी दिएको हो ।
कारबाहीमा परेकामध्ये छ ओटा युट्युब च्यानल काउन्सिलमा सञ्चार माध्यमका रूपमा सूचीकृत रहेका छन् । काउन्सिलले ती च्यानललाई निर्देशन जारी गर्दै स्पष्टीकरण मागेको छ । बाँकी तीन युट्युब च्यानल र फेसबुक पेजलाई भने अनुसन्धान गरी कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।
कारबाहीमा परेका च्यानलहरूमध्ये सूचीकृत रहेका लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इन नेपाल, रातोपर्दा टिभी, योहो टेलिभिजन एचडी र गुन्द्रुक न्युज छन् । सूचीकृत नभएका च्यानल तथा फेसबुक पेजहरूमा पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडी रहेका छन् ।
सोमबार मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका थिए । उनले आफ्ना आरोप प्रमाणित गर्न भन्दै केही कागजात सार्वजनिक गरेका थिए । साथै, उनले आफ्नो फेसबुक पेजमा पनि केही कागजात र भिडिओ पोस्ट गरेका थिए, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
कानुन विपरीत प्रधानमन्त्रीविरुद्ध भ्रामक समाचार फैलाउँदै सामाजिक नैतिकता र शिष्टाचारमा गम्भीर असर पुर्याउने गरी घृणा र द्वेष फैलाएको निष्कर्षमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा जिल्ला अदालत काठमाडाैंले दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
त्यसैअनुसार, सीआईबीले मङ्गलबार प्रसाईंलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा राखिएको छ ।

सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु