आईसीसी यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीहरु खुमा अर्याल फाउन्डेसनद्वारा सम्मानित भएका छन् ।
शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहेको फाउन्डेसनले संस्थाको छैठौं स्थापना दिवसको अवसर पारेर खेलकुदमा स्याङ्जाको इतिहास रच्दै विश्वकप खेल्ने तीनैजना महिला क्रिकेट खेलाडीलाई सम्मान गरिएको फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए ।
सम्मान – पत्रसहित स्याङ्जाका ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो भने जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान पत्रले सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।
युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गरेको थियो ।
यहि सन् २०२५ जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदै छ ।
यसैगरी, संस्थाको छैठौं स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ ।
भीरकोट नगरपालिका -७ बलमाटामा अवस्थित कालिका बहुमुखी क्याम्पसमा विशेषज्ञ सहित नि : शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ भने भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका ६६६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
स्थापना दिवसको अवसरमा संचालित शिविरमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो एक्सरे सेवा तथा फार्मेसी सेवाहरु प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो