‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’

‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’

केही समूहहरू योजनाबद्ध ढंगले अराजकता सिर्जना गर्न लागिरहे

uml_pressmeet

काठमाडौँ । नेकपा एमालेले मुलुकमा अराजकताका तीन आयाम देखिएको बताएको छ ।

बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अराजकताका तीन आयाम देखिरहेको छु । राजनीतिक पार्टीले प्रयोग गर्ने भाषाशैलीले नै पनि बिगारेको जस्तो देखिन्छ ।’

उनले सामाजिक सञ्जालबाट आउने डिसइन्फरमेसनको अर्को चुनौती भएको भन्दै केही समूहहरू योजनाबद्ध ढंगले अराजकता सिर्जना गर्न लागिरहेको बताए ।

उनले दुर्गा प्रसाईंलाई लक्षित गर्दै भने, ‘अहिले प्रहार केपी ओलीलाई भएको होला । देशको प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले भोली सबैको गर्छ, यसमा सचेत हुन जरुरी छ ।’

त्यस्तै निराशा र अराजकता चिर्ने तीन कुरा गर्नुपर्ने पनि एमालेले जनाएको छ । ‘डेलिभरी बढाउने, भएका काम वस्तुनिष्ठ देखाउने र प्रायोजित अराजक बन्नेलाई विधिसंगत नियन्त्रण गर्ने’, ज्ञवालीको भनाइ छ ।

संविधान संशोधनबारे पत्रकारले सोधेको प्रश्नमा ज्ञवालीले नौ वर्षको अवधिमा संविधानको वस्तुनिष्ठ समीक्षा, उपलब्धि र कमजोरीको जगमा उभिएर राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्छ भनेर एमालेले भन्दै आएको बताए । उनले संशोधनका सवालमा निर्वाचन प्रणालीका बारेमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

‘बढिमात्रामा निर्वाचन प्रणालीका बारेमा छलफल गर्नुपर्ने । प्रदेश हकमा पनि काठमाडौँमा पानी पर्दा प्रदेशमा छाता ओढ्नुपर्ने अवस्था भएको छ त्यो संघीयताको मर्म होइन होला’, उनले भने, ‘मुख्यमन्त्रीको निर्वाचन पनि प्रत्यक्ष गर्दा के होला ?’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds