पोखरा । नेकपा (एमाले)ले कास्कीका सबै वडा कमिटी अधिवेशन मंसिर भरीमा गर्ने निर्णय गरेको छ । जिल्ला, पालिका हुँदै सबै वडा कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ कास्कीले आयोजना गरेको कार्यक्रममा मंसिर महिना भित्रमा कास्कीका सबै वडा कमिटीको अधिवेशन गर्ने बताए । उनले विगतका वर्षमा एमालेले सबै वडा कमिटी तथा पालिका कमिटीको एकै चोटि अधिवेशन गरेको स्मरण गराए ।
एमाले कास्कीको गत वर्षको चैतमा अधिवेशन भएको थियो । सबै पालिका कमिटीको अधिवेशन जेठ मसान्तसम्ममा भएका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाले एमालेको नीगिगत प्रष्टता र सक्षम नेतृत्व भएता पनि कार्यकर्ता तहमा केही कमी कमजोरी भएकाले आत्म समीक्षा गर्नुपर्ने विचार राखे ।
एमालेको जनताको बहुदलीय जनवादको नीतिलाई पछ्याएर श्रीलंकामा कम्युनिस्ट पार्टीले बहुमत ल्याएको दाबी गर्दै उनले गर्दै एमालेका नेता तथा कार्यकर्ताले मन सानो गर्ने अवस्था नभएको जनाए । थापाले संघीय शासन व्यवस्थाप्रति अपनत्व लिएर काम गर्न सबैलाई सुझाव दिए ।
पार्टीका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ कास्कीका इन्चार्ज तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पदेन सदस्यबाहेक निर्वाचन समन्वय कमिटीमा संयोजक, सहसंयोजक र सचिव तोक्न बाँकी रहेको जानकारी दिइन् । उनले जनप्रतिनिधि र पार्टीले एकापसमा समन्वय गरेर विकास निर्माणका काम गर्ने बताइन् ।
पार्टीका केन्द्रीय सदस्य प्रभा कोइरालाले पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् । एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले पोखरा महानगरमा उत्पन्न सबै समस्याको बारेमा पार्टी तथा जनप्रतिनिधिले बुझाइमा एकरुपता कायम गरी अगाडि बढ्ने जनाए ।
एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले संगठन गतिशील र पार्टी कमिटी चलायमान बन्नुपर्नेमा जोड दिए । उनले चुनावमा मात्र तात्ने परिपाटीले मिसन ८४ लाई सफल बनाउन नसकिने तर्क गरे ।
सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर