काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । उनलाई सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले हिरासतमुक्त गर्ने निर्णय गरेको हो ।
कार्यालयको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार केहीबेर अघि उनलाई उनकै श्रीमतीको जिम्मामा पठाइएको छ ।’
कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार विभिन्न ९ आधारमा अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरिएको हो ।
‘प्रतिवादी लिलाबल्लभ अधिकारी स्वयंले जापानको नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीहरूलाई जानकारी दिएको । जापान सरकारले अन्य प्रतिवादीहरुलाई एक्सक्लुजन अर्डरबाट डिपोर्ट गरेकोमा निज लिलाबल्लभ अधिकारीको हकमा निज स्वयंले अनुरोध गरी फिर्ता भई आएको देखिएको’ ले मुद्दा नचल्ने आधार स्पष्ट हुने सरकारी वकिल कार्यालयको निर्णय छ ।
त्यस्तै, अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा अधिकारीको संलग्नता सम्बन्धमा केही नबोलेको, अधिकारीले आरोपित कसूरमा ईन्कार रही बयान गरेको, तत्काल पक्राउ परेका प्रतिवादीहरु महेश पाण्डेसमेतको बयान व्यहोरामा पनि अधिकारीको नाम नरहेको सरकारी वकिल कार्यालयको निर्णयमा उल्लेख छ ।
सरकारी वकिलको कार्यालयले अधिकारीलाई मुद्दा नचलाउनुको आधारमा भनेको छ, ‘मिसिल संलग्न रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सीसीटिभी फुटेजमासमेत निज एक्लै सवार भएको देखिएको । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापान प्रस्थान भएपश्चात महेश पाण्डेले पठाएका ह्वाट्सएप म्यासेजसमेत हेरेको नदेखिएको र निजको कल डिटेल्स हेर्दा पक्राउ परेका प्रतिवादीहरूसँग सम्पर्क भएको नदेखिएको ।’
सरकारी वकिल कार्यालयले लिएको आधारमा भनिएको छ, ‘जनक राईसमेतका कीर्ते गरी बनाएको हस्ताक्षरसँग नमूना परीक्षण गर्दा अधिकारीको हस्ताक्षर मेलसमेत खाएको नदेखिएको । कन्चन देवकोटा समेतसँग हङ्कङको ट्रान्जिटमा गएपछि मात्र भेटघाट भएको देखिएको ।’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो