स्याङ्जामा महिलालाई २० दिने नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ ।
निजामती सेवामा महिलाको सहभागिता बढाउने उद्देश्यले सामाजिक विकास कार्यालय स्याङ्जाले नि:शुल्क कक्षा सुरु गरेको हो । महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाती, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरिएको हो ।
मंगलबारदेखि सुरु गरिएको तयारी कक्षाको औपचारिक रुपमा सुभारम्भ गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यो २० दिन पर्याप्त नभएको बताउँदै कक्षाको सहि सदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिइन् ।
उक्त कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख गङ्गा बस्याल, शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशील युवाहरूको पहिलो रोजाई निजामती सेवा भएको बताउँदै निःशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गरे ।
२० दिने तयारी कक्षामा ६० सेसन हुनेछ । जिल्ला तथा केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्वारा दैनिक साढे ४ घण्टा पढाउने गरी कक्षा लिइने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ