काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
बुधवार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको गतिलाई अझै तिव्रता दिन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सचेत गराए।
प्रधानमन्त्रीले राखिएका लक्ष्य अनुसार काम गर्न नसक्ने मन्त्रीलाई पद ओगटेर बस्ने काम गर्न नहुनेतर्फ पनि सचेत गराउनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने, ‘मुख्यगरी सबै मन्त्रालयकोहरुको एकीकृत प्रस्तुति थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवले प्रस्तुति दिनुभयो। प्रस्तुतिपछि सचिव, मन्त्रीज्यूहरुले आ-आफ्नो मन्त्रालयसँग सम्वद्ध र समग्र विषयमा जुन ३ महिनाको हाम्रो समिक्षा थियो, त्यसमा आधारित भएर हामीले कुरा राख्यौं । प्रधानमन्त्रीले अन्तिममा निर्देशन दिनु भएको छ । अब झन गतिका साथ अगाडि बढ्ने र हामीले मन्त्रालयका लिएका जे लक्ष्य छन्, त्यो लक्ष्य हासिल गर्ने गरी अगाडि बढनुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भयो । केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो । प्रधानमन्त्रीज्यू काम गर्न नसक्ने भए पद ओगटेर बसिरहन नहुनेतर्फ सबैको ध्यान आकृष्ट गराउनुभयो।’
त्यस अवसरमा मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयको असोज महिनासम्मको कामको ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरेका थिए । त्यस क्रममा मन्त्रीहरुले अन्तरमन्त्रालय समन्वयमा देखिएको समस्याका कारण पनि लक्ष्यअनुसार काम गर्न समस्या भएको धारणा पनि राखेको मन्त्री पाण्डेले बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु