कालीगण्डकी गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सव आजबाट सुरु भएको छ । कालीगण्डकी गाउँपालिका -७ मिर्मी खेलमैदानमा संचालित महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाले खेलकुद क्षेत्रमा विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि महोत्सवको आयोजना गरेको हो ।
शुक्रबारदेखि तीन दिनसम्म चल्ने खेलकुद महोत्सवमा महिला/पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुनेछन् ।
सात खेल २२ विधामा प्रतिस्पर्धा हुने खेल महोत्सवमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट ९८ जनाको दरले झण्डै ७०० जना खेलाडी सहभागी रहेको पालिका अध्यक्ष खिम बहादुर थापाले बताए ।
विगत सात वर्षदेखि प्रतियोगिता भइरहेको अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव -२०८१ मा २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद पाँच लाख १० हजार रुपियाँ पुरस्कार वितरण गरिने पालिकाले जनाएको छ ।
अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव -२०८१ मा सहभागी खेलाडीले खेलमैदानमा मार्चपास समेत गरेका छन् । खेल महोत्सव उद्घाटन गर्नु अघि मन्त्री गुरुङले मिर्मी बजारमा कालीगण्डकी अस्पतालमा रहेको आधारभूत आँखा उपचार केन्द्रको उद्घाटन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु