स्याङ्जाको पुतलीबजार नगरपालिका -१३ र अर्जुनचौपारी गाउँपालिका -१ जोड्ने ठाडोखेत मैनिखामा मोटरेबल पुलको उद्घाटन गरिएको छ ।
बक्स कल्भर्ट डिजाइनमा निर्मित उक्त मोटरेबल पुलको शनिबार प्रतिनिधि सभा सदस्य राजु थापाले उद्घाटन गरेका हुन् । पुलको उद्घाटन ढिला भएको बताउँदै थापाले यसले अझै पनि आम नागरिकमा भएको चेतनाको स्तरलाई परिक्षण गरिरहेको बताए ।
प्रतिनिधि सभा सदस्य थापाले अरु देशको तुलनामा नेपालमा कम विकास भएको बताउँदै फेरि पनि केही नभएको भन्ने भाष्यलाई चिर्दै भइरहेको विकास निर्माणमा गति दिन सबै एकजुट हुनुपर्ने बताए ।
पञ्चायतका ३० वर्षमाभन्दा बहुदल र सङ्घीयता आएपछि विकासले गति लिएको, नागरिकको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुधार आएको र जीवनस्तर समेत गुणस्तरीय बनेको थापाले जिकिर गरे ।
उक्त कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार नगर उप-प्रमुख देवी अर्याल, अर्जुनचौपारी -१ का वडा अध्यक्ष रन बहादुर थापा, पुतलीबजार -१३ का कार्यबाहक वडा अध्यक्ष सुर्य बहादुर रोकाहा लगायतले नागरिकको माग र आवश्यकतालाई मध्यनजर गर्दै पुल निर्माण गरेपश्चात् दुई पालिका दुई वडाका नागरिकको आवतजावत तथा कृषि सामाग्री लगायतका सामाग्री ओसारपसारमा सहज भएको बताएका थिए ।
२०७० साल पौष ५ गते सर्वे गरिएको ७९.५ मिटर लम्बाई रहेको ठाडोखेत मैनिखामा मोटरेबल पुलको बक्स कल्भर्ट जेएन ईश्वर, सिद्धबाबा जेभी निर्माण कम्पनीले तीन करोड ४१ लाख ९२ हजार ३०८ रुपियाँ ३५ पैसामा २०७४ साल भदौ २३ गतेबाट निर्माणको काम थालेको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ