स्याङ्जाको पुतलीबजार नगरपालिका -१३ र अर्जुनचौपारी गाउँपालिका -१ जोड्ने ठाडोखेत मैनिखामा मोटरेबल पुलको उद्घाटन गरिएको छ ।
बक्स कल्भर्ट डिजाइनमा निर्मित उक्त मोटरेबल पुलको शनिबार प्रतिनिधि सभा सदस्य राजु थापाले उद्घाटन गरेका हुन् । पुलको उद्घाटन ढिला भएको बताउँदै थापाले यसले अझै पनि आम नागरिकमा भएको चेतनाको स्तरलाई परिक्षण गरिरहेको बताए ।
प्रतिनिधि सभा सदस्य थापाले अरु देशको तुलनामा नेपालमा कम विकास भएको बताउँदै फेरि पनि केही नभएको भन्ने भाष्यलाई चिर्दै भइरहेको विकास निर्माणमा गति दिन सबै एकजुट हुनुपर्ने बताए ।
पञ्चायतका ३० वर्षमाभन्दा बहुदल र सङ्घीयता आएपछि विकासले गति लिएको, नागरिकको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुधार आएको र जीवनस्तर समेत गुणस्तरीय बनेको थापाले जिकिर गरे ।
उक्त कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार नगर उप-प्रमुख देवी अर्याल, अर्जुनचौपारी -१ का वडा अध्यक्ष रन बहादुर थापा, पुतलीबजार -१३ का कार्यबाहक वडा अध्यक्ष सुर्य बहादुर रोकाहा लगायतले नागरिकको माग र आवश्यकतालाई मध्यनजर गर्दै पुल निर्माण गरेपश्चात् दुई पालिका दुई वडाका नागरिकको आवतजावत तथा कृषि सामाग्री लगायतका सामाग्री ओसारपसारमा सहज भएको बताएका थिए ।
२०७० साल पौष ५ गते सर्वे गरिएको ७९.५ मिटर लम्बाई रहेको ठाडोखेत मैनिखामा मोटरेबल पुलको बक्स कल्भर्ट जेएन ईश्वर, सिद्धबाबा जेभी निर्माण कम्पनीले तीन करोड ४१ लाख ९२ हजार ३०८ रुपियाँ ३५ पैसामा २०७४ साल भदौ २३ गतेबाट निर्माणको काम थालेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु