धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले आफूबारे खोज पत्रकारितामार्फत नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई सिध्याउने धम्की दिएका छन् ।
खोज पत्रकारिता केन्द्र (खोपके) मा समाचार लेखेका पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै साम्पाङले फेसबूकमा श्रृंखलाबद्ध रूपमा धम्कीपूर्ण स्ट्याटस लेखेका हुन् ।
केही दिनअघि खोपकेले धरानमा सुशासनको कुरा गर्ने साम्पाङको विगत र मेयरको रूपमा उनको कार्यशैलीबारे खोजी समाचार प्रकाशित गरेको थियो ।
समाचारमा साम्पाङले मेयर हुनुअघि नक्कली माओवादी बनेर चन्दा उठाएको र मेयर भएपछि पनि गैरकानूनी चन्दा सङ्कलन गरेको दाबी गरिएको थियो । प्रमाणसहित छापिएको थियो ।
खोजी समाचारमा साम्पाङको विगतमा चन्दा उठाउने क्रममा धरानको राष्ट्रिय वाणिज्य बैंक नजिक पक्राउ परेको घटनाको विवरण पनि समावेश छ । माओवादी शिविरमा पुर्याएर उनलाई कुटपिट गरिएको प्रमाण माओवादीका तत्कालीन इन्चार्जले पुष्टि गरेको खोपकेले उल्लेख गरेको छ ।
साम्पाङको धम्कीपूर्ण प्रतिक्रिया
समाचार सार्वजनिक भएसँगै साम्पाङले पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै फेसबूकमा धम्की दिएका छन् ।
उनले लेखेका छन्:
“खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !”
उनले पत्रकारलाई ‘चोरफटाहा’ को उपमा दिँदै सामाजिक सञ्जालमा तीव्र आक्रोश पोखेका छन् ।
माओवादी बनेर चन्दा उठाएको विगत सार्वजनिक भएपछि मेयर साम्पाङको व्यापक आलोचना भइरहेको छ ।
उनका समर्थकहरूले उनलाई बचाउन प्रयास गरे पनि कतिपयले आलोचना गरिरहेका छन् । तर उल्टै सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिलाई असभ्य र धम्कीपूर्ण भन्दै विरोध आइरहेको छ ।
साम्पाङले पुनः पत्रकारहरुलाई धम्की दिएका छन् । मेयर साम्पाङले सामाजिक सन्जालमा बुधबार साँझ एक स्टाटस सेयर गर्दै भोलि १० बजे पत्रकार सम्मेलनमा आउन भनेका छन् ।
उनले लेखेका छन, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! उनले पत्रकार सम्मेलनमा नाअए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने बताएका छन । मेयर साम्पाङले लेखेका छन, नत्र तँ मुलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ।’
उनले अगाडी लेखेका छन्, ‘जनक ऋषि भन्ने पनि आउनु । निक्कै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन ।’
उनले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष को नामै किटेर ऐना हेर्दै थुक्ने बनाइदिने धम्की समेत दिएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु