कैलाली । कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार हास्य कलाकार हिक्मत महरासहित तीन जनाको मृत्यु भएको हो।
गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका–११ का ३० वर्षीय हास्य कलाकार हिक्मत महराको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। महरा कमेडी च्याम्पियन सिजन २ मा भाग लिएपछि चर्चामा आएका थिए।
गएराति नै टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा अर्का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका चौधरी टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा सुपप्र०१००११प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह