गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा

गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा

Durga singh

पोखरा । गृह मन्त्रालयले नेपाल प्रहरीका १० डिआइजीको सरुवा गरेको छ । डिआइजीको बढुवा र अवकाशका कारण खाली भएका ठाउँमा सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार गण्डकी प्रमुख दुर्गा सिंहले प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको जिम्मेवारी पाएकफ छन् । तर उनको ठाउँमा गण्डकीमा कसैलाई पनि पठाइएको छैन । लुम्बिनीका कुवेर कठायत प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा गएका छन् ।

सुदूरपश्चिमका रविन्द्र केसी प्रहरी प्रधान कार्यालय अन्वेषण विकास तथा विकास निर्देशनालय, कोशीका चन्द्र कुवेर खापुङ केन्द्री अनुसन्धान ब्युरोमा सरुवा भएका छन् ।

जनक भट्टराई कर्णालीको प्रहरी प्रमुखमा सरुवा हुँदा लालमणि आचार्य मधेश प्रदेशको जिम्मेवारी पाएका छन् ।

अर्जुनचन्द ठकुरी केन्द्रीय अनुसन्धान विभागमा, दानबहादुर कार्की लुम्बिनी प्रदेशमा, डा मनोज कुमार केसी प्रहरी प्रशिक्षण प्रतिष्ठान र राजन अधिकारी कोशी प्रदेशमा सरुवा भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ