काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया अराजक र अनुशासनहीन बनेको बताएका छन्।
उनले अनलाइन मीडियाको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन्।
शनिवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारणसभामा बोल्दै उनले प्रिन्ट मिडिया र ब्रोड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गरे पनि अनलाइन मिडियाले अराजकता मचाइरहेको बताए।
उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउन अनलाइन मिडिया लागेकाले यसको नियमन पहिलो आवश्यकता भएको बताए। अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए। उनले अनलाइन मिडियाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काइरहेको बताए।
मन्त्री गुरुङले भने‚ ‘हामीलाई प्रिन्ट र ब्रोड कास्टिङ मिडियाले कुनै प्रोब्लम पारेका छैनन्। अनलाइन मिडियामा देखापरेको अराजकता र अनुशासनहीनताको नियमन आज सबैभन्दा जरुरी देखिन्छ। त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ। सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने प्रयत्न भइरहेको देखिन्छ। प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौँ। संसदबाट संसद् चलेपछि पास गरौँला। आजको आजै नियमन थाल्नुपर्छ।’
मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु