पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टीतेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टीतेलको घट्यो

petrol-oil-pump-tel

पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५९ रुपैयाँ ५० पैसा पर्नेछ । यी स्थानमा डिजल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजल र मट्टीतेलको मूल्य १५० रुपैयाँ पर्नेछ ।

योसँगै तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १६२ रुपैयाँ पर्नेछ । यी क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ