नेकपा (एमाले) का सांसदसमेत रहेका सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको बचत अपचलनका विषयमा उन्मुक्ति नपाउने बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले ‘गोर्खा मिडियाका मालिकले मैले जान्दिनँ, मैले बुझिनँ, मलाई थाहा थिएन भनेर उन्मुक्ति नपाउने’ पनि बताए।
‘सहकारीको रकम एक पैसा पनि लिन नपाइने ठाउँमा गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउने, रजगज गर्ने, मासिक पाँच लाख तलब लिने, ७५ लाख सेयर हाल्ने, फेरि एक करोड ८० लाख सेयर हाल्ने यो सबै कुरा कसले गरेको?,’ थापाले भने, ‘१५ प्रतिशत सेयरको मालिक र प्रबन्ध निर्देशक नभएको भए रवि लामिछानेले पनि विपिनकुमार आचार्यलेजस्तो उन्मुक्ति पाउनुहुन्थ्यो।’
लामिछानेप्रति लक्ष्य गर्दै थापाले सहकारीको रकम ल्याएर खाएको बताए।
‘सहकारीको रकम ल्याएर खाएपछि ठगीमा संलग्न हो कि उन्मुक्ति हो?,’ उनले प्रश्न गरे, ‘खाएको त हो नि त, हजम गरेको।’
गोर्खा मिडियाअन्तर्गत ग्यालेक्सी टिभीबाट पारिश्रमिक लिएको हिसाबले कसैलाई कारबाही सिफारिस नगरिएको पनि थापाले बताए।
‘पारिश्रमिक लिएको हिसाबले क्रियटिभ डाइरेक्टर विपिनकुमार आचार्यलाई हामीले कारबाही सिफारिस गरेका छौं? ग्यालेक्सी टेलिभिजनका कर्मचारी र सञ्चारकर्मी सबैको पारिश्रमिक सिट प्रतिवेदनमा राखिदिएको छ। तिनलाई कारबाही सिफारिस गरेको छैन, जो मालिक हो तिनलाई कारबाही सिफारिस गरिएको छ,’ समिति सभापति थापाले भने, ‘मालिकले मैले जानिनँ, मैले बुझिनँ, मलाई थाहा थिएन भनेर उन्मुक्ति कसैले पाउँदैन।’
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो