अनेरास्ववियुले नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोग कक्षा सञ्चालन गर्ने भएको छ। अनेरास्ववियुले उक्त कक्षा सञ्चालनको लागि सूचना जारी गर्दै फाराम भर्न आव्हान गरेको छ।
अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सेनाका अनुसार उनकै आतिथ्यमा र अध्यक्ष निराजन थापाको अध्यक्षतामा पुस १ गते सम्पन्न तेस्रो पदाधिकारी बैठकले यो निर्णय गरेको हो।
तिमिल्सेनाले युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै सूचना जारी गरिएको जानकारी दिए।
‘विभिन्न पेसा एवं व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न यस कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न गइरहेको छ ।’ सूचनामा भनिएको छ,‘त्यसैले देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूले पौष १५ गतेभित्र तपसिलका विवरणसहित उपलब्ध गुगल फाराम (https://forms.gle/aZHPtyMntCzhFKeq5) मा भरी यस कमिटीमा आवेदन पेस गर्नुहुन र प्राप्त यो सुवर्ण अवसरलाई ग्रहण गर्नुहुन हार्दिक अनुरोध छ।’
इन्चार्ज तिमिल्सेनाले यसका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा आफूले नै लिएको जानकारी दिए। उनले विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरूलाई तथा पेसा व्यवसायको कारण अध्ययनमा कम समय दिने सबै युवाहरूको लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न जिल्ला कमिटीलाई पनि निर्देशन दिए।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर