पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबारदेखि अन्तर सदन फुटसल प्रतियोगिता सुरु भएको छ ।
विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रहरुले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका छात्रहरुले समूह बनाएर प्रतिश्पर्धा गरेका छन् ।
प्रतियोगिता संयोजक राकेश जोशीका अनुसार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत शुक्रबारदेखि फुटसल प्रतियोगिता आयोजना गरिएको हो । वार्षिक खेलकुदका केही प्रतियोगिता यसअघि नै सकिएका छन् ।
जोशीका अनुसार प्रतियोगितमा विभिन्न ३३ वटा समूहले भाग लिएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र दिइने उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट कोच लगायतलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । खेलाडी र टिमकोचलाई बल हस्तान्तरण गरेर प्रतियोगिता सुरु भएको थियो ।
विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभा माविले खेलकुदका क्षेत्रमा हरेक वर्ष नयाँनयाँ रेकर्ड कायम गर्दै आएको बताए । विद्यार्थीमा रहेको खेलप्रतिको मोहलाई ध्यान दिएर विद्यालयले हरेक वर्ष विभिन्न खेलकुदका गतिविधि गर्दै आएको छ ।
अघिल्लो महिना पोखरामा भएको १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा पनि प्रतिभा मावि नै च्याम्पियन भएको थियो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बनेको थियो ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’