बाजुरा । बाजुरामा आज बिहान गएको भूकम्पले गरेको क्षतिको विवरण आउन थालेको छ ।
भूकम्पका कारण बाजुरासहित कालिकोटका विभिन्न स्थानमा भौतिक क्षति भएको प्रारम्भिक तथ्याकं प्राप्त भएको छ ।
भूकम्पले बुढीनन्दा नगरपालिका वणडा नम्बर २ मा स्थानीय कल्पना बुढाको दुई तले घर पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै सोही नागरपालिका ३ मा धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मान सिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । यस्तै सोही ठाउँको कैलाश अतिथिगृहको भवनमा पनि क्षति भएको छ । सोही नगरपालिका– ४ मा स्थानीय जनक बोहरा, वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पनि पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका १ मा दशरथ विक, आनन्द विक, चम्फे विक, मन विकको घरमा क्षति भएको छ । प्रहरीका अनुसार बिहानदेखि भूकम्पबाट भएको क्षति विवरण संकलनका लागि ५५ जनाको टोली खटिएको छ । क्षतिको यकिन विवरण आउँन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी भूकम्पका कारण कालिकोटको रास्कोट नगरपालिका ३ मा स्थानीय डम्बर कुमाल, पाचायोगीको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै सोही नगरपालिका ८ मा पुस्पराज न्यौपानेको घरमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान ४ः१४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्नेच्युडको गएको भूकम्पले गरेको थियो ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?