हनी ट्रयापमा मुछिएकी प्रहरी निरीक्षक बिनु शाही ५ लाख धरौटीमा रिहा

हनी ट्रयापमा मुछिएकी प्रहरी निरीक्षक बिनु शाही ५ लाख धरौटीमा रिहा

binu shahi

ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले जानकारी दिए ।

फरार सूचीमा रहेकी उनी आइतबार आफैं निवेदन दिएर अदालतमा उपस्थित भएकी थिइन् । आइतबार थुनछेक बहस सकिए पनि सोमबार अदालतले शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब उनी नियमित तारिखमा रहेर थुनाबाहिरै मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन् । शाहीको प्रहरी निरीक्षक पदको निलम्बन भने कायमै रहनेछ ।

यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हबल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन् । यही घटनामा सम्बन्धित दर्शन पोखरेल अहिले पनि फरार सूचीमा छन् । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न भएको आरोप शाहीलाई लागेको थियो ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

शाहीसँग हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुष्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए ।

सुष्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताज मूल भन्ने तजम्मुल इस्लामको समूहले सुष्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ