पोखरा पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयका विद्यार्थीलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १६० जना विद्यार्थी प्रतिनिधिहरूलाई एक दिने नेतृत्व विकास तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै जीवनशैली विज्ञ एवं विश्व प्रेरणा शिक्षक रमण भट्टराईले विद्यार्थीहरूलाई भविष्यमा कुनै पनि पेशा व्यवसायमा लाग्दा सीप र व्यवसायिक कुशलताका साथमा स्पष्टसँग बोल्न सक्नुपर्नेभएकाले निर्धक्क भएर आफ्ना कुरा राख्न हिच्किचाउन नहुने बताए ।

नेतृत्व गर्ने क्षमता भएका व्यक्ति अरु भन्दा अगाडि हुने भएकाले यो उमेरदेखि नै उत्सुकता, क्षमतावान, कुनै पनि कुरा सिक्न चासो राख्नुपर्ने उनले उल्लेख गरे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीमा नेतृत्व क्षमता विकासको महत्व दिलाउन यस्ता कार्यक्रम फलदायी हुने बताए । नेतृत्व विकास र नेतृत्वदायी भूमिका निभाउन विद्यार्थीले निरन्तर मेहनत गर्नुपर्ने उनले बताए ।

अध्यक्ष पौडेलले नेतृत्व लिने व्यक्तिमा अनुशासन पनि उत्तिकै जरुरी रहेको बताए । ‘अनुशासन नभए जस्तोसुकै क्षमता भएपनि काम लाग्दैन।’ अध्यक्ष पौडेलले भने ।
विद्यालयका प्राचार्य किरण सापकोटाले कक्षा प्रतिनिधिहरूको जिम्मेवारी र कर्तव्यका सन्दर्भमा सहजीकरण गरे ।
विद्यार्थीहरुमा अन्तर्निहित नेतृत्वको क्षमता विकास गर्ने अभिप्रायले यस कार्यक्रम आयोजना गरिएको प्राचार्य सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार विद्यार्थीलाई कुनै पनि संस्था वा समूहको नेतृत्व कस्तो हुनुपर्छ र नेतृत्व कसरी गर्ने भनेर सिकाउनका लागि प्रशिक्षण दिइएको हो ।

‘यस्तो प्रशिक्षणले विद्यार्थीमा नविनतम सोच पलाउन सघाउँछ । विद्यार्थीले एकतहको नेतृत्व कक्षाकोठामै गरेका हुन्छन । त्यसलाई अझ व्यवहारिक बनाउन विद्यालयले प्रशिक्षण दिलाएको हो,’ उनले भने, ‘नेतृत्व भनेको असाधारण कुरा हो । सबैले सबै ठाउँ सही नेतृत्व लिन सक्दैनन, त्यसैले नेतृत्व लिन चाहनेमा केही खुबी हुनुपर्छ ।’
विद्यालयले विगत दश वर्षदेखि नियमित रुपमा यो खालको प्रशिक्षण दिँदै आएको सापकोटाले बताए ।
विद्यालयका संस्थापक राकेश जोशीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायका हरेक सेक्शनका छात्र र छात्रा प्रतिनिधिहरु सहभागी थिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो