पोखरा, गैहपाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्था बारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ ।
विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको छ ।
विद्यालयले हरेक वर्ष यस्तै कार्यक्रममार्फत साक्षरता अभियान संचालन गर्दै आएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार स्याङजाको त्रिभुवन आदर्श नमूना मािवमा गरिएको कार्यक्रममा पुतलीबजार नगरपालिकाका विभिन्न सामूदायिक र निजी विद्यालयका विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा पश्चिमाञ्चल माविका कानुन संकायमा अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीले कानुनी साक्षरताबारे सहजीकरण गरेका थिए । ‘विद्यालयतहका विद्यार्थीमा मौलिक हक, संघीयताको अभ्यास लगायतबारे जानकारी गराउनका लागि यो कार्यक्रम गरिएको हो,’ कोइरालाले भने, ‘विद्यालयतहमा अध्ययनरत विद्यार्थीमा रहेको अन्योल मेट्नका लागि पनि यस्ता कार्यक्रम प्रभावकारी हुने गरेका छन् ।’
कार्यक्रममा प्रमुख अतिथि स्याङजा जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले विद्यार्थी तहमा पनि कानुनी साक्षरता आवश्यक रहेको बताए । कानुनी अधिकारबारे ज्ञान नहुँदाको अन्योल यस्ता कार्यक्रममार्फत चिर्न सकिने उनले बताए । अधिकारका कुरा विद्यार्थीमार्फत अभिभावकसम्म पनि पु¥याउन सकिने उनले बताए ।
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा. रामनाथ ओझाले हरेक वर्ष गण्डकी प्रदेशका फरकफरक जिल्लामा सचेतनामुलक कार्यक्रम चलाउँदै आएको बताए । ‘विद्यार्थीमा पनि कानुनी साक्षरता आवश्यक छ । कानुनी साक्षरता बिस्तार गर्नका लागि कार्यक्रम गरेको हौ । यसले विद्यार्थीमा पछिल्लो कानुनी अवस्थाबारे जानकारी हुनेछ,’ ओझाले भने ।
त्रिभुवन आदर्श माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले स्कुले विद्यार्थीमा पनि आफना हक अधिकारबारे जानकारी हुनु सकारात्मक रहेको बताए । कार्यक्रममा पुतलीबजार नगरपालिकाका न्यायीक समितिका पदाधिकारी सहभागी थिए ।
समितिका सदस्य सुरेन्द्र केसीले विद्यालय तहमा कानुनी सचेतनाका कार्यक्रम आवश्यक रहेको बताए । पश्चिमाञ्चल माविका सिनियर इन्चार्ज बिजयराज अधिकारीले आगामि वर्ष पनि यस्तै कार्यक्रम लिएर विभिन्न विद्यालयमा जाने बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर