पुतलीबजार नगरपालिका -७ बाच्पुरमा भएको प्रथम स्वर्गीय कमल पोख्रेल स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मोहोरियाले जितेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ साहारा युवा क्लबले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मोहोरिया युवा क्लब प्रथम, साहारा युवा क्लब द्वितीय र जनप्रिय युवा क्लब तृतीय भएको क्लबका सचिव प्रेम बहादुर थापा (सिजन)ले जानकारी दिए ।
मोहोरिया युवा क्लबले २-० को सोझो सेटमा साहारा युवा क्लबलाई पराजित गर्दै प्रथम भएको हो । प्रथम भएसङ्गै मोहिरियाले ६० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो । द्वितीय आयोजक क्लबको पहिलो समूहले ट्रफी, मेडल र प्रमाणपत्रसहित ४० हजार एक सय पाँच रुपियाँ प्राप्त गरेको हो ।
त्यस्तै, प्रतियोगितामा जनप्रिय युवा क्लब तृतीय भएको हो । तृतीय भएको जनप्रियले २० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी सन्दीप ठकुरी, स्पाइकर जीत बहादुर केसी(अमृत), सेटर सागर थापा, ब्लकर सुजन पौडेल र डिफेन्डर अनिश कार्कीका साथमा प्रतियोगिताका उदयमान खेलाडी मिलन परियारलाई ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको खेल संयोजक अमृत केसीले बताए ।
पौष १२ गतेदेखि संचालित भलिबल प्रतियोगितामा १२ समूहको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर