पोखरा । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।
जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना हुनलागेको नेपाल पक्षीविद सङ्घका वरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपक्षी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए ।
उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन हुनेछ ।
गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिएको थियो ।
विगतका वर्षझैँ यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका रसबै प्रमुख सिमसार क्षेत्रमा जलपक्षी गणना गरिने उनको भनाइ छ ।
भारतीय महादिपमा एशियाली जलपक्षी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले सुरु गरेको हो । यो कार्य सुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।
सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपक्षी गणनाकार्य नियमितरुपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ ।
गत वर्ष सन् २०२४ मा गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपक्षी रेकर्ड गरेका थिए ।
यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए । वरिष्ठ पक्षीविद पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अबसरमा सार्वजनिक गरिने छ ।
विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपक्षीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
स्थानीयरुपमा जलपक्षी गणनाकार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साईट–कोअर्डिनेटरका रुपमा खटाइएको छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’