नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँगको सहकार्य ०८४ को निर्वाचनसम्मै कायम हुनेमा निश्चिन्त छन् । उनले आफूलाई भेट्न आउने नेताहरुसँगपनि अहिले सरकार दायाँबायाँ नहुने र कांग्रेस–एमाले सहकार्य ०८४ को निर्वाचनसम्म नै कायम रहने बताउने गरेका छन् ।
आज (शनिबार) आफूलाई भेट्न आएका नेताहरुसँगको भेटवार्तामा देउवाले एमालेलाई धोका नदिने अडान दोहोर्याएका थिए । भेटमा सहभागी एक नेताका अनुसार देउवाले अहिले सरकारले ठीक ढंगले काम गरेको भन्दै सरकारको विकल्प खोज्नेबारे सोच्न नसकिने बताएका हुन् ।
देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने,‘सरकार ठीक ढंगले चलेको छ । हामी ७ बुँदेप्रति इमानदार छौं । सहमतिबाट म दायाँबायाँ हुन्नँ । कसैको दबाबले यो सरकार ढाल्ने पक्षमा म छैन । म बाट केपी ओलीलाई कुनै हालतमा धोका हुँदैन ।’
कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले एमालेसँगको सहकार्यबारे प्रश्न उठाइरहेको बेलामा सभापति देउवा भने एमालेसँगको सहकार्य सहमतिबमोजिम जानेमा ढुक्क छन् । उनले ओलीपछि आफूले सरकारको नेतृत्व लिने र आफ्नै नेतृत्वमा आम निर्वाचन सम्पन्न गरेर सक्रिय राजनीतिबाट आफूले विश्राम लिने पनि सुनाउने गरेका छन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान