काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अदालत प्रवेश गरेको छ ।
आज (आइतबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालक छविलाल जोशीलगायत ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरु जिबी राई, देवेन्द्र बाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आले मगर, भक्त वहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेश राज श्रेष्ठ, शान्ति कुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, गोकुल श्रेष्ठ, श्रीवल्लभ नेपाल, खिमानन्द कँडेल, अनन्त बाबु राई, विशाल तामाङ, भगवती बम्जन, विर बहादुर रानाभाट, शिवप्रसाद पौडेल, देव कुमार तामाङ, पुष्पराज पौडेल, किरण पुडासाईजनक, कृष्ण बहादुर पोखरेल, कल्याण कुमार घिमिरे, भट्टराईमुखिया कान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी लाई संगठित अपराधमा मुद्दा चलाइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी अहिले प्रहरी हिरासतमै छन् । कास्की जिल्ला अदालतमा उनीहरुको थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा दायर भएको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु