काठमाडौं : शारीरिक सम्बन्ध राखेर युवतीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। युवतीलाई शारीरिक सम्पर्कपश्चात चक्कु प्रहार गर्ने दोलखाका २२ वर्षीय रविन बस्नेत बुधबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी गत कात्तिक ८ गते देहव्यापारमा संलग्न एक २२ वर्षीय युवतीलाई चक्कु प्रहार गरी फरार रहेका थिए। दोलखाको शैलुङ गाँउपालिका-५ स्थायी घर भएका बस्नेत काठमाडौंमा सार्वजनिक बसमा सहचालकको काम गर्थे। पछिल्लो समय बालुवा डिपोमा भरियाको काम गर्छन्।
रत्नपार्कमा चिनजान भएका रविन बस्नेतले उनलाई एक हजार दिने सर्तमा गत कात्तिक ७ गते भक्तपुरको काँडाघारीमा बोलाएका थिए। त्यहीँको झाडीमा सम्बन्ध राखेका उनले एक हजार रुपैयाँ दिएका थिए। दोस्रो दिन पनि युवतीलाई फोन गरेर सोही ठाँउमा बोलाएका थिए।
युवती रत्नपार्कबाट गाडी चढेर काँडाघारीको उही ठाउँमा पुगेको र सहमतिमै सम्बन्ध राखेको प्रहरी अनुसन्धानमा खुलेको छ। पैसा दिने विषयमा विवाद भएपछि युवकले बोकेर लगेको चक्कु युवतीमाथि प्रहार गरेका थिए।
गत कात्तिक ८ गते भक्तपुरको काँडाघारीमा रहेको आँखा अस्पताल पछाडि एक युवती रगताम्मे अवस्थामा भेटिएकी थिइन्। अस्पताल पछाडि फोहर फाल्ने झाडीमा भेटिएको उनको शरीरको विभिन्न ठाँउमा चोट लागेको थियो। स्थानीय व्यक्तिले उनलाई त्यहाँबाट उद्धार गरी वीर अस्पताल पुर्याएका थिए।
चक्कु प्रहारपछि बस्नेत भने दोलखा पुगेका थिए। पीडित युवतीसँग भएको बस्नेतको नम्बरका आधारमा नै आरोपी पक्राउ परेका हुन्। उनलाई हालः प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ। पक्राउ परेका बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान