काठमाडौं : शारीरिक सम्बन्ध राखेर युवतीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। युवतीलाई शारीरिक सम्पर्कपश्चात चक्कु प्रहार गर्ने दोलखाका २२ वर्षीय रविन बस्नेत बुधबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी गत कात्तिक ८ गते देहव्यापारमा संलग्न एक २२ वर्षीय युवतीलाई चक्कु प्रहार गरी फरार रहेका थिए। दोलखाको शैलुङ गाँउपालिका-५ स्थायी घर भएका बस्नेत काठमाडौंमा सार्वजनिक बसमा सहचालकको काम गर्थे। पछिल्लो समय बालुवा डिपोमा भरियाको काम गर्छन्।
रत्नपार्कमा चिनजान भएका रविन बस्नेतले उनलाई एक हजार दिने सर्तमा गत कात्तिक ७ गते भक्तपुरको काँडाघारीमा बोलाएका थिए। त्यहीँको झाडीमा सम्बन्ध राखेका उनले एक हजार रुपैयाँ दिएका थिए। दोस्रो दिन पनि युवतीलाई फोन गरेर सोही ठाँउमा बोलाएका थिए।
युवती रत्नपार्कबाट गाडी चढेर काँडाघारीको उही ठाउँमा पुगेको र सहमतिमै सम्बन्ध राखेको प्रहरी अनुसन्धानमा खुलेको छ। पैसा दिने विषयमा विवाद भएपछि युवकले बोकेर लगेको चक्कु युवतीमाथि प्रहार गरेका थिए।
गत कात्तिक ८ गते भक्तपुरको काँडाघारीमा रहेको आँखा अस्पताल पछाडि एक युवती रगताम्मे अवस्थामा भेटिएकी थिइन्। अस्पताल पछाडि फोहर फाल्ने झाडीमा भेटिएको उनको शरीरको विभिन्न ठाँउमा चोट लागेको थियो। स्थानीय व्यक्तिले उनलाई त्यहाँबाट उद्धार गरी वीर अस्पताल पुर्याएका थिए।
चक्कु प्रहारपछि बस्नेत भने दोलखा पुगेका थिए। पीडित युवतीसँग भएको बस्नेतको नम्बरका आधारमा नै आरोपी पक्राउ परेका हुन्। उनलाई हालः प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ। पक्राउ परेका बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’