काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधि बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भने पछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।
विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधिहरु, न्युट्रास्युटिकल्सका नाममा तथा औषधिमिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भइरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ ।
अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरिक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधिको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधि फर्माहरुलाई सूचित गरेको छ ।
विभागले नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधि ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेबिरुद्ध न्यायालयबाट समेत मागदावी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुनविपरित गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्याएको छ ।
कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधि सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधिका रुपमा सिफारिस गर्नु गैरकानूनी भएकाले बिक्री तथा सिफारिस गर्नेबिरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह