स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले समुदायस्तरमा नागरिकता तथा घटनादर्तालगायतका सरकारी कागजातको समस्या समाधान कार्यक्रम एवं एकीकृत शिविर सञ्चालन गरेको छ ।
राज्यबाट नागरिकले पाउनुपर्ने नागरिकताको प्रमाणपत्र, जन्मदर्ता, मृत्युदर्ता, बिबाह दर्तालगायतका सरकारी कागजातहरु कुनै कारणले पाउन नसकेका, समस्या भएका वा पूरानो भएर नष्ट भएका कागजातहरु समुदायस्तरमै प्राप्त गर्ने वातावरण मिलाउन अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर १४ दिने शिविर नै सञ्चालन हुने गरी बुधबारबाट सेवा प्रवाह गर्न सुरु गरेको हो ।
सरकारी कागजातको समस्या पहिचान सहजीकरण तथा समाधानका लागि १४ दिने एकीकृत शिविर बुधबारदेखि वडा नम्बर ३ को वडा कार्यलयबाट सुरु भएको छ । यस शिविरमार्फत प्रत्येक वडाका विभिन्न ठाउँबाट सेवा प्रदान गरिने पालिकाले जनाएको छ ।
शिविरबाट पञ्जीकरणसम्बन्धी सहजीकरण, आँखा परीक्षण तथा उपचार, माटो, गोबर परीक्षण तथा उपचार, कृषि रोगसम्बन्धी प्रशिक्षण तथा औषधि वितरण, पानी परीक्षण, स्वास्थ्य परीक्षण तथा उपचार, उद्यम विकास सहजीकरण तथा बालश्रम सर्वेक्षण एवं रोजगारी स्थिति सर्वेक्षण, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित कार्ड नवीकरण तथा नयाँ कार्ड वितरण लगायतका अन्य सेवा समेत रहने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।
विभिन्न कारणले सरकारी कागजातहरु प्राप्त गर्न नसकेका सर्वसाधारणको पहिचान गर्ने, पालिकाको तर्फबाट हुन सक्ने सहजीकरण गरी कागजात उपलब्ध गराउने र उपलब्ध हुन नसक्ने कागजातहरुको स्पष्ट कारण खोजी माथिल्लो तहमा पेश गर्ने तथा कानूनी र नीतिगत समस्या देखिएमा कानून समेत संशोधनको लागि प्रस्ताव गर्ने गरी यो सेवाप्रवाह शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए ।
यस कार्यका लागि गाउँपालिकाले जिल्लामा समेत कर्मचारी खटाई जिल्लास्थित कार्यालयहरुसँग समन्वय गर्ने, सरकारी कागजातहरु प्राप्त गर्नका लागि पालिकाले सदरमुकामसम्म सेवाग्राहीलाई लैजान र ल्याउन नि:शुल्क यातायात सेवा उपलव्ध गराउने समेत तयारी गरेको अध्यक्ष तिवारीको भनाइ छ ।
यस्तो खालको कार्यक्रम जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाबाट सुरु गरिएको हो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’