जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालू आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ७० लाख रुपियाँ राजस्व संकलन गरेको छ । यस आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्मको अवधिमा कुल ६८ लाख चार हजार रुपियाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले जानकारी दिए ।
कार्यालय प्रमुख गौलीका अनुसार साउनमा नौ लाख ८३ हजार पाँच सय रुपियाँ, भदौमा आठ लाख ९३ हजार रुपियाँ, असोजमा एघार लाख १२ हजार पाँच सय रुपियाँ, कार्तिकमा १४ लाख बीस हजार पाँच सय रुपियाँ, मङ्सिरमा एघार लाख ९८ हजार पाँच सय रुपियाँ र पुसमा १२ लाख ३६ हजार रुपियाँ राजश्व संकलन भएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकललाई गरिएको कारबाहीबाट २३ लाख आठ हजार रुपियाँ र सबैभन्दा थोरै ट्याक्टरलाई गरिएको कारबाहीबाट चार लाख ५२ हजार रुपियाँ राजस्व संकलन भएको कार्यालय प्रमुख गौलीले बताए ।
यस्तै, नौ सय ७३ ट्रकबाट सात लाख ३६ हजार रुपियाँ, एक हजार दुई सय ७० बसबाट नौ लाख ६६ हजार रुपियाँ, एक हजार नौ सय ४५ जीप, कार र भ्यानबाट १५ लाख एक हजार रुपियाँ तथा एक हजार एक सय ४९ अन्य सवारीसाधनहरुमाथि गरिएको कारबाहीबाट आठ लाख ४१ हजार रुपियाँ राजस्व संकलन भएको प्रहरी नायब निरीक्षक गौलीले जानकारी दिए ।
६ महिनाको अवधिमा जिल्लामा विभिन्न ६ दुर्घटनामा परेर दुईजनाको मृत्यु र ६ जना घाइते भएको तथ्यांक रहेको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो