जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालू आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ७० लाख रुपियाँ राजस्व संकलन गरेको छ । यस आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्मको अवधिमा कुल ६८ लाख चार हजार रुपियाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले जानकारी दिए ।
कार्यालय प्रमुख गौलीका अनुसार साउनमा नौ लाख ८३ हजार पाँच सय रुपियाँ, भदौमा आठ लाख ९३ हजार रुपियाँ, असोजमा एघार लाख १२ हजार पाँच सय रुपियाँ, कार्तिकमा १४ लाख बीस हजार पाँच सय रुपियाँ, मङ्सिरमा एघार लाख ९८ हजार पाँच सय रुपियाँ र पुसमा १२ लाख ३६ हजार रुपियाँ राजश्व संकलन भएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकललाई गरिएको कारबाहीबाट २३ लाख आठ हजार रुपियाँ र सबैभन्दा थोरै ट्याक्टरलाई गरिएको कारबाहीबाट चार लाख ५२ हजार रुपियाँ राजस्व संकलन भएको कार्यालय प्रमुख गौलीले बताए ।
यस्तै, नौ सय ७३ ट्रकबाट सात लाख ३६ हजार रुपियाँ, एक हजार दुई सय ७० बसबाट नौ लाख ६६ हजार रुपियाँ, एक हजार नौ सय ४५ जीप, कार र भ्यानबाट १५ लाख एक हजार रुपियाँ तथा एक हजार एक सय ४९ अन्य सवारीसाधनहरुमाथि गरिएको कारबाहीबाट आठ लाख ४१ हजार रुपियाँ राजस्व संकलन भएको प्रहरी नायब निरीक्षक गौलीले जानकारी दिए ।
६ महिनाको अवधिमा जिल्लामा विभिन्न ६ दुर्घटनामा परेर दुईजनाको मृत्यु र ६ जना घाइते भएको तथ्यांक रहेको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु