स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा माघे संक्रान्ती मेलाको अवसरमा भएको तेस्रो वडा अध्यक्ष कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।
कारिकोट स्पोर्ट्स क्लबको आयोजनमा कालीगण्डकी गाउँपालिका -१ स्थित धगौती बगर, तीनमुखे पुलमा भएको भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको निसीखोला गाउँपालिकालाई ३ – २ को सेटमा २५ – १६, २५ – १७, २४ – २६, २३ – २५ र १५ – ९ को अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसङ्गै बौदीकालीले एक लाख ५० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता निसीखोलाले एक लाख रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो ।
शिल्ड, मेडल र प्रमाणपत्रसहित तेस्रो कालीगण्डकी गाउँपालिकाले ५० हजार रुपियाँ र सान्त्वना बनेको भीरकोट नगरपालिकाले २५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र पाएको गण्डकी प्रदेश भलिबल संघका क्याप्टेन हरि पाण्डेले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बौदीकालीका अशोक श्रेष्ठ, उत्कृष्ट स्पाइकर निसीखोलाका प्रकाश सुनार, उत्कृष्ट ब्लकर बौदीकालीका हिमाल सुनारी, उत्कृष्ट सर्भर निसीखोलाका नकुल शाही, उत्कृष्ट डिफेन्डर भीरकोटका जित शाही, उत्कृष्ट सेटर कालीगण्डकीका सुदीप राना र उत्कृष्ट कोच बौदीकालीका योगस ठाडा मगरलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा बौदीकाली गाउँपालिका, निसीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, भीरकोट नगरपालिका, चापाकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको सहभागी रहेको थियो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?